मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने

बिहीबार, १८ वैशाख २०८२, १० : ५६
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । शुक्रबार सार्वजनिक हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । मन्त्रिपरिषद‍्बाट पारित कार्यक्रम विगतको तुलनामा आधा छोटो रहेको एक मन्त्रीले जानकारी दिए । 

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा वाचन गरेर सार्वजनिक गर्दैछन् । 

‘विगतमा संसदमा राष्ट्रपतिले डेढ घण्टा वाचन गर्ने गरिएको थियो तर यस पटकको नीति तथा कार्यक्रम विगतको तुलनामा करिब आधा छोटो हुनेछ’, ती मन्त्रीले रातोपाटीसँग भने, ‘लम्बेतान नीति तथा कार्यक्रम भन्दा सर्वसाधारणले बुझ्ने र सरकारले पूरा गर्नसक्ने विषयलाई मात्र कार्यक्रममा समेटिएको छ ।’

उनका अनुसार राष्ट्रपतिले वाचन गर्ने यस पटकको नीति तथा कार्यक्रम पाँच हजार देखि ५५ सय शब्दको मात्र हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप