हुथी विद्रोहीको समर्थन इरानीलाई महँगो पर्ने अमेरिकाको चेतावनी
वासिङटन डीसी । हुथी विद्रोहीलाई समर्थन गरेको परिणाम भोग्नुपर्ने चेतावनी बुधबार अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानलाई दिएका छन् । यमनको ठुलो हिस्सा हुथी विद्रोहीहरूको नियन्त्रण छ ।
मार्चमा हुथी विद्रोहीहरू विरुद्ध आक्रमण तीव्र पारेदेखि अमेरिकाले समूहका हजार भन्दा बढी गढहरूमा प्रहार गरिसकेको छ । लाल सागरमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई अमेरिकाले गरेको आफ्नो कारबाहीको कारणको रूपमा बताएको छ ।
‘इरानलाई सन्देशः हुथीहरूलाई तिमीहरूले गर्दै आएको घातक समर्थनबारे हामीलाई थाहा छ । तिमीहरू के गरिरहेका छौँ भन्ने कुरा पनि हामीलाई थाहा छ । अमेरिकी सेनाले के गर्न सक्छ भन्ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ– तिमीहरूलाई यसबारे चेतावनी समेत दिइसकेको छ । हामीले रोजेको समय र स्थानमा तिमीहरूले यसको नतिजा भोग्नेछौँ,’ धम्कीको भाषामा हेगसेथले माइक्रोब्लगिङ वेबसाइट एक्समा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण