उद्दव गुप्ता लायन्स वर्ष २०२५/२६ का लागि जोन चियरपर्सनमा मनोनीत
मङ्गलबार, १६ वैशाख २०८२, २० : ५१
काठमाडौं । अन्तर्राष्ट्रिय लायन्स संस्था, जिल्ला ३२५ पी नेपाल अन्तर्गत काठमाडौं क्षेत्र नं. १ का लागि लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिमका सक्रिय सदस्य उद्दव गुप्ता लायन्स वर्ष २०२५/२६ का लागि जोन चियरपर्सन पदमा मनोनीत भएका छन्।
उक्त जिम्मेवारी प्राप्त गरेको अवसरमा गुप्ताले लायन्स गभर्नर बलराम भट्टाराई, राजन कुँवर, अनुप पहारी लगायत सबै प्रेरणादायी लायन्स लिडरप्रति आभार प्रकट गरे। साथै, आगामी वर्ष २०२६/२७ का गभर्नर तथा आफ्ना गाइडिङ लायन सन्दीप कसौधन र २आ उप-गभर्नर चयनितमीना पन्थी रेग्मीप्रति समेत विशेष धन्यवाद व्यक्त गरेका छन्।
गुप्ताले आफूलाई प्रदान गरिएको विश्वास र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै, सेवामा निरन्तर समर्पित भई नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण