'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु
काठमाडौँ । विश्वभरका नेपाली प्रतिभाहरू सहभागीहरूको सबैभन्दा ठुलो नेपाली गायन रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स-सिजन २' को प्रसारण सुरु भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट साँझ ८ बजेपछि यो शो प्रसारण भएको हो ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको 'मेरो भ्वाइस युनिभर्स'मा विश्वका २३ देशका नेपाली गायक गायिकाहरूले फाइनल प्रतिस्पर्धा गर्दै छन् । नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरू समापन गरी काठमाडौँको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको हो । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये बिहीबार साँझ पहिलो एपिसोड प्रसारण भएको हो ।
फाउण्डेसनका अनुसार, अव 'मेरो भ्वाइस युनिभर्स' हरेक हप्ता विहीबार र शुक्रबार नियमितरुपमा प्रसारण हुने छ ।
यो प्रतिस्पर्धामा भाग लिन विश्वभरबाट छनौट भई नेपाल आइपुगेका प्रतिभाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिँदै नेपाली संस्कृतिको दूतका रूपमा काम गर्न आग्रह गरेका थिए ।
संसारभरका नेपाली मूलका नेपालीहरूलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसँग जोड्ने अभियानका रूपमा इन्ट्रा फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ ।
'मेरो भ्वाइस युनिभर्स'को निर्देशकमा विशाल अर्याल र विशाल भण्डारी रहेका छन् भने निर्णायकहरूमा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन रहेका छन् । यो शोमा प्रस्तोताका रूपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण