माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीको सभाले राजावादीको आन्दोलन ओझेलमा परेको बताएका छन् ।
शुक्रबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङले गत चैत १५ गते माओवादीले गणतन्त्रको पक्षमा एक लाख उतारेपछि राजावादीको आन्दोलन ओझेलमा परेको बताएका हुन् ।
‘हामी प्रतिपक्षमा भएता पनि केही न केही खबरदारी गर्नुपर्छ भनेर प्रतिगमन, यथास्थितिको विरुद्धमा चैत १५ गते बृहत रुपमा सभा गर्यौ,’ उनले भने, ‘झण्डै लाखको वरिपरि अत्यन्तै शानदार, भव्य सभा गरेपछि दरवारियाहरुले जुन रुपमा राजतन्त्रको पक्षमा, संविधानको विपक्षीमा क्याम्पेन चलाइराखेका थिए । त्यसलाई ओझेलमा पार्न सफल भयो ।’
महासचिव गुरुङले तत्कालको अवस्थामा राजावादीले अगाडि बढ्न सक्ने अवस्था नरहेको दाबी गरे । तर, सरकारीको गतिविधिका कारण भविष्यमा गणतन्त्रको विरोधमा आवाज नउठ्ला भन्न नसकिने उनको भनाइ छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा न्यायिक छानविन आवश्यक रहेको महासचिव गुरुङले बताए । ‘नीतिगत छानविनले केही न केही संकेत गरेको छ । न्यायिक छानविनको माग गरेको देखिन्छ । न्यायिक प्रकारको छानविन गरेर कति भ्रष्टाचारी भएका छन् । उनीहरु कारबाहीको दायरामा हुनुपर्छ,’ उनले भने ।
महासचिव गुरुङले अहिलेको सरकार असफल भइसकेको कारण राजीनामा दिनुको विकल्प नरहेको बताए । आफुहरुले प्रतिपक्षको रुपमा सरकारलाई रचनात्मक सुझाव दिइरहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण