सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नियमित हाजिरी चेक गर्दा प्रिसाको कोठाबाट आवाज नआएपछि...

शुक्रबार, १९ वैशाख २०८२, १४ : २२
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । बिहीबार बेलुका सात बजेतिर होस्टेल वार्डेन नियमित हाजिरी चेकअपका लागि प्रत्येक विद्यार्थीको कोठामा गइरहेका थिए । विद्यार्थीहरू कोठामा छन् वा छैनन् ? के गर्दैछन ? जस्ता विषयमा हाजिरी चेक गर्दै वार्डेन प्रिसा शाहको कोठामा पुगे । उनले ढोका ‘नक’ गरे । तर, खुलेन । त्यसपछि उनले प्रिशाको नाम लिएर बोलाए र उनी बोलिनन् ।

बेलुकाको हाजिरी गर्न जाने क्रममा उनी नबोलेपछि वार्डेनले अन्य विद्यार्थी तथा स्टाफहरूलाई बोलाए । ढोका नखोलेपछि फोडेर भित्र हेर्दा सिलिङ फ्यानमा सलले घाटीमा बाँधेर झुण्डिएको अवस्थामा देखे । 

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी बिहीबार साँझ झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी थिइन । उनी झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आएपछि घटनाबारे अनुसन्धान थालेको छ । 

वीरगन्ज घर भएकी १८ वर्षीया साह केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै आएकी थिइन । उनको मे १० तारिखबाट परीक्षा हुदैथियो । त्यसैको तयारीमा रहेकी साहको मृत्युपछि विश्वविद्यालय शोकमा डुबेको छ । 

उनी बस्दै आएको होस्टेलको १११ नम्बर कोठामा मृत फेला परेकी थिइन्। उनको शव पोष्टमार्टमको लागि उडिसास्थित भुवनेश्वरमा रहेको एम्स अस्पतालमा राखिएको छ । नेपालबाट उनको परिवारका सदस्य पुगेपछि मात्रै पोष्टमार्टम गर्ने तयारी छ । 

उनी बस्ने रूपमा भारतीय विद्यार्थीहरू थिए । उनीहरू परीक्षा सकिएपछि सबै जना यसअघि नै घर गइसकेका थिए । उनी एक्लै बस्दै आएकी थिइन् । एक नेपाली विद्यार्थीका अनुसार १० तारिखबाट परीक्षा हुने भएकाले प्रथम वर्षका सबै विद्यार्थीहरू त्यसको तयारीमा थिए । 

उडिसाको राज्यको मौलिक तथा जनसम्पर्क विभागले विज्ञप्ति जारी गर्दै स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिस्नर लगायत अनुसन्धानमा खटिएका छन् ।

उनी बिहीबार बिहान कलेज गएकी थिइन् । बिहान सी–प्रोग्रामिङको कक्षामा गएकी थिइन् । तर, त्यही दिन साँझको प्रेक्टिकल र भाईभाको कक्षामा भने उनी उपस्थित भइनन् । 

भाइभा पछि पनि दिन पाइने भएकाले उनी नआएको हुनसक्ने भनेर विद्यार्थी तथा शिक्षकहरूले उनको खोजी गरेनन् । सबै साथीहरूसँग उनको राम्रै सम्बन्ध थियो । उनले केही समयपछि घर आउने भनेर टिकट काट्न समेत साथीहरू लगाएकी थिइन । 

उनको मृत्युले नेपाली विद्यार्थी उनका कक्षाका साथीहरू अचम्ममा परेका छन् । हाल उक्त कलेजमा भने स्नातक तह प्रथम वर्षका विद्यार्थीहरू छन् । भने चौथो वर्षका विद्यार्थीहरू परीक्षा दिइसकेर ग्रेजुएशनको तयारीमा छन् । दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरू यसअघि नै परीक्षा दिएर घर गइसकेका थिए । 

गत फागुन ४ गते केआईआईटीमै नेपाली विद्यार्थी प्रकृति लम्सालको समेत मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप