शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन

शुक्रबार, १९ वैशाख २०८२, १५ : ५२
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरेको छ । आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम परिमार्जन गरिएको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी दिए । 

उनले भने, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिने छ ।’

साथै सरकारले विद्यमान शिक्षालाई प्रविधिमैत्री बनाइने पनि जनाएको छ । सामुदायिक विद्यालयको शिक्षामा सुधार, संस्थागत विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याउने पनि सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप