टी–ट्वान्टी त्रिकोणात्मक सिरिज
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
बिहीबार, ०५ असार २०८२, २१ : ३२
सारांश
- नेदरल्यान्ड्सले स्कटल्यान्ड टी-ट्वान्टी त्रिकोणात्मक सिरिजमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
- नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो।
- नेदरल्यान्ड्सका लेभिटले ८६ रन बनाए भने करण केसीले नेपालका लागि २ विकेट लिए।
काठमाडौँ। नेदरल्यान्ड्सले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा नेपाललाई १ सय ७५ रनको मध्यम लक्ष्य दिएको छ। स्कटल्यान्ड टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको हो।
नेदरल्यान्ड्सका ओपनर लेभिटले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले । उनले ५३ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे । नेदरल्यान्ड्सका लागि रोएलफ भ्यान डेरले ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक दुई विकेट लिए । त्यस्तै ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण