संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले संस्था बचाउनका लागि एकता महाधिवेशनबाट आफूले अध्यक्ष पदमा त्याग गरेको प्रतिक्रिया दिएका छन् ।
एकता महाधिवेशनबाट महेश श्रेष्ठ निर्वाचित भएसँगै आइतबार रातोपाटीसँग कुराकानी गर्दै उनले संस्था बचाउनका लागि आफूले त्याग गरेको प्रतिक्रिया दिएका हुन् ।
‘एकता महाधिवेशनमा ८० प्रतिशत डेलिगेट्स मध्यपूर्वबाटै हुँदाहुँदै पनि संस्था बचाउनका मैले त्याग गरेको हुँ’, उनले भने । यद्यपि मध्यपूर्वका एनआरएनए यस पटक पनि निराश भएको उनले बताए ।
‘एनआरएनएमा सधैँ मध्यपूर्व नै मारमा पर्दै आएको छ’, उनले भने, ‘संस्था बचाउनका लागि जित्ने पद पनि साथीभाइलाई दिएर सर्वसम्मत बनाउन सहयोग गरेँ ।’
यसअघि शनिबार उद्घाटन समारोहमा शर्माले मध्यपूर्व सधैँ संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताएका थिए । शर्माले ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुनुपर्ने बताएका थिए ।
निर्वाचन भएको खण्डमा शर्मा नै अध्यक्ष हुने स्थिति रहेपनि सहमति गर्ने भनेर कांग्रेस निकट महेश श्रेष्ठलाई नेतृत्व दिइएको बताइएको छ । एनआरएनएको बद्री केसी पक्षको सहभागिता बिनै उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकताको महाधिवेशन गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण