बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात, गृहमन्त्रीले गरे उद्घाटन

आइतबार, २१ वैशाख २०८२, १३ : ४९
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात भएको छ । आइतबार गृहमन्त्री रमेश लेखकले भृकुटीमण्डप स्थित पुलिस क्लबमा आयोजित समारोहमा स्टाफ कलेज कोर्सको उद्घाटन गरेका हुन् । स्टाफ कलेज कोर्स प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी सङ्गठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने मन्त्री लेखकले बताए ।

लेखकले भने, ‘आज नेपाल प्रहरीका लागि महत्त्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा समर्पित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु ।’  स्टाफ कलेजको कारण प्रहरीमा सकारात्मक परिवर्तन आउने आशा व्यक्त गर्दै लेखकले भने, ‘यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादी छु । यो आजको भोलि नै हुने कुरा होइन पाँच–दश वर्ष कुर्नुपर्ने हुनसक्छ ।’

२०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागू गरिएको प्रहरीले जनाएको छ । २०७० को ब्याजबाट स्टाफ कलेजको परीक्षामा १७ जना उत्तीर्ण भएका थिए । पहिलो ब्याचमा ती १७ जनाले कोर्स गर्नेछन् । २०७० भन्दा पछि प्रहरीमा भर्ना भएकाहरू सो कोर्स पुरा नगरी एसएसपी भन्दा माथि जान सक्दैनन् ।  

नेपाल पुलिस स्टाफ कलेजले विस्तृत पाठ्यक्रममा प्रहरी कार्य सञ्चालन तथा प्रशासन, सार्वजनिक मामिला प्रशासन, अपराध अनुसन्धान तथा सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व व्यवस्थापन, सुरक्षा अध्ययनका विविध आयामहरू, फरेन्सिक विज्ञान तथा फरेन्सिक चिकित्सा, विपद् तथा द्वन्द्व व्यवस्थापन लगायतका विषयहरू समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप