संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने
आइतबार, २१ वैशाख २०८२, १९ : २५
काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्याली गर्ने भएको छ ।
यही वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरिने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
‘उपरोक्त सम्बन्धमा संयुक्त जनआन्दोलन समितिले शान्तिपूर्ण रूपमा राष्ट्रिय झण्डामा आगामी २०८२ वैशाख २६ गते, काठमाडौँमा मोटरसाइकल र्याली आयोजना गर्ने व्यहोरा जानकारी गराउँदै उक्त विशाल मोटरसाइकल र्यालीमा धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको सक्रिय सहभागिता, साथ सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ,’संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण