संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने
आइतबार, २१ वैशाख २०८२, १९ : २५

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्याली गर्ने भएको छ ।
यही वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरिने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
‘उपरोक्त सम्बन्धमा संयुक्त जनआन्दोलन समितिले शान्तिपूर्ण रूपमा राष्ट्रिय झण्डामा आगामी २०८२ वैशाख २६ गते, काठमाडौँमा मोटरसाइकल र्याली आयोजना गर्ने व्यहोरा जानकारी गराउँदै उक्त विशाल मोटरसाइकल र्यालीमा धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको सक्रिय सहभागिता, साथ सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ,’संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
-
पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
-
गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन (तस्बिरहरू)
-
‘तदर्थ समिति गठनमै केन्द्रीय समिति ‘फेलियर’ भयो’
-
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल