कप्तान रियानको शानदार प्रदर्शनका बावजुद १ रनले चुक्यो राजस्थान
कोलकाता । कप्तान रियान पराग शतकबाट चुक्दा राजस्थान रोयल्स कोलकाता नाइट राइटर्ससँग १ रनले पराजित भएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनाउन सक्यो ।
कप्तान परागले ४५ बलमा ९५ रनको शानदार इनिङ्स खेले । उनले ६ चौका र ८ छक्का प्रहार गरे । यशस्वी जैसवालले २१ बलमा ३४ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का हिर्काए ।
सेमरन हेटमायरले २३ बलको सामना गर्दै १ चौका र १ छक्काको मद्दतले २९ रन जोडे । खेलको अन्त्यतिर शुभम दुवेले १४ बलमा २५ रन तथा जोफ्रा आर्चरले ८ बलमा १२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
कोलकाताका लागि मोइन अलि, हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिए । वैभव अरोराको नाममा एक विकेट रह्यो । यसअघि, कोलकाताले आन्द्रे रसलको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।
रसलले नटआउट रहँदै २५ बलमा ५७ रन जोडे । उनले ४ चौका र ६ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले ३१ बलमा ४४ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ५ चौका हिर्काए ।
ओपनर रहमनुल्लाह गुरुबाजले ३५ रन तथा कप्तान अजिंक्या रहानेले ३० रन जोडे । रिंकु सिंहले ६ बलमा १९ रन जोड्दै नटआउट रहे । राजस्थानका लागि जोफ्रा आर्चर, युधवीरु सिंह, महिष थिकसाना र रियान परागले १–१ विकेट लिए ।
जीतपछि कोलकाता अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । टोलीले ११ खेलबाट ११ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण