मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कप्तान रियानको शानदार प्रदर्शनका बावजुद १ रनले चुक्यो राजस्थान

आइतबार, २१ वैशाख २०८२, १९ : ३५
आइतबार, २१ वैशाख २०८२

कोलकाता । कप्तान रियान पराग शतकबाट चुक्दा राजस्थान रोयल्स कोलकाता नाइट राइटर्ससँग १ रनले पराजित भएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनाउन सक्यो ।

कप्तान परागले ४५ बलमा ९५ रनको शानदार इनिङ्स खेले । उनले ६ चौका र ८ छक्का प्रहार गरे । यशस्वी जैसवालले २१ बलमा ३४ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का हिर्काए ।

सेमरन हेटमायरले २३ बलको सामना गर्दै १ चौका र १ छक्काको मद्दतले २९ रन जोडे । खेलको अन्त्यतिर शुभम दुवेले १४ बलमा २५ रन तथा जोफ्रा आर्चरले ८ बलमा १२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलकाताका लागि मोइन अलि, हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिए । वैभव अरोराको नाममा एक विकेट रह्यो । यसअघि, कोलकाताले आन्द्रे रसलको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । 

रसलले नटआउट रहँदै २५ बलमा ५७ रन जोडे । उनले ४ चौका र ६ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले ३१ बलमा ४४ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ५ चौका हिर्काए ।

ओपनर रहमनुल्लाह गुरुबाजले ३५ रन तथा कप्तान अजिंक्या रहानेले ३० रन जोडे । रिंकु सिंहले ६ बलमा १९ रन जोड्दै नटआउट रहे । राजस्थानका लागि जोफ्रा आर्चर, युधवीरु सिंह, महिष थिकसाना र रियान परागले १–१ विकेट लिए ।

जीतपछि कोलकाता अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । टोलीले ११ खेलबाट ११ अंक बटुलेको छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप