शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गौशालाबाट हुण्डीको ९५ लाख बरामद

आइतबार, २१ वैशाख २०८२, २० : २७
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । काठमाडौँबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ ।

गौशालाबाट सो रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ घर भएका ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङकै ३९ वर्षीय सन्तोष घिमिरे छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप