कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २३ पैसा र बिक्रीदर १८० रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १८ रूपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा तोकेको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४५ पैसा र बिक्रीदर २० रूपैयाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३१ पैसा रहेको छ ।
यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । ((
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण