ट्रम्पले किन दिए विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्ने आदेश ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज जेल पुनः खोल्ने र विस्तार गर्ने घोषणा गरेका छन् । ‘धेरै लामो समयदेखि, अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त छ,’ ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा एउटा पोस्टमा लेखेका छन् ।
ट्रम्पले न्याय मन्त्रालय, एफबीआई र होमल्याण्ड सेक्युरिटीसँगै कारागार ब्युरोलाई यी जेलहरू पुनः खोल्न निर्देशन दिएका हुन् । अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूको लागि अल्काट्राज जेल खोल्ने आदेश दिइरहेको उनले बताए । अल्काट्राजको पुनः खुल्नु कानुन, व्यवस्था र न्यायको प्रतीक हुने पनि उनले बताए । अल्काट्राज जेल एउटा टापुमा छ ।
यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ । यो जेललाई १९६३ मा बन्द गरिएको थियो । अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रूपमा सञ्चालनमा छ । यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण