सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौँका सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले खानेपानी रोकेर मानवताविरोधी अपराध गरेको समेत बताए ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सुकुम्वासी बस्तीमा रहेका नागरिकसँग कर लिने, मत लिने तर उनीहरूलाई खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको बताए ।
‘सम्माननीय सभामुख महोदय, काठमाडौँको सुकुम्वासी बस्तीमा खानेपानी छैन । म सरकारसँग सोध्न चाहन्छु, सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभयो ? खानेपानी त दुस्मनलाई पनि रोक्दैन । तपाईँले आफ्नै देशको नागरिकलाई खानेपानी रोकेको सुन्दा असाध्यै दुःख लागेको छ,’ साहले भने, ‘खानेपानी त मौलिक हक हो, संवैधानिक अधिकार हो । के त्यो सुकुम्वासीलाई लागु हुँदैन ? सुकुम्वासीको भोट लिने, सुकुम्वासीको मत लिने, सुकुम्वासीको कर पनि लिने तर ती सुकुम्वासीले खानेपानी नपाउने ? यो भन्दा विडम्बना के हुन्छ ? यो सामान्य अपराध होइन । सरकारले मानवता विरोधी अपराध गरेको आभास हुन्छ सभामुखज्यू ।’
कुनै पनि बहानामा कोही कसैलाई शुद्ध खानेपानीबाट वञ्चित गर्नु राम्रो नभएको उनले बताए । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था सरकारले यथाशीघ्र गरोस् भन्ने बारेमा सभामुखले रुलिङ गर्नुपर्ने उनले बताए ।
यस्तै उनले भारतको उडिसामा मृत्यु भएकी वीरगन्ज निवासी प्रिसा साहको बारेमा सत्यतथ्य सार्वजनिक गर्न र त्यस बारेमा के भइरहेको छ भन्ने बारेमा सदनलाई जानकारी गराउन समेत सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण