मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण

सोमबार, २२ वैशाख २०८२, १४ : ५०
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौँका सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले खानेपानी रोकेर मानवताविरोधी अपराध गरेको समेत बताए । 

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सुकुम्वासी बस्तीमा रहेका नागरिकसँग कर लिने, मत लिने तर उनीहरूलाई खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको बताए । 

‘सम्माननीय सभामुख महोदय, काठमाडौँको सुकुम्वासी बस्तीमा खानेपानी छैन । म सरकारसँग सोध्न चाहन्छु, सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभयो ? खानेपानी त दुस्मनलाई पनि रोक्दैन । तपाईँले आफ्नै देशको नागरिकलाई खानेपानी रोकेको सुन्दा असाध्यै दुःख लागेको छ,’ साहले भने, ‘खानेपानी त मौलिक हक हो, संवैधानिक अधिकार हो । के त्यो सुकुम्वासीलाई लागु हुँदैन ? सुकुम्वासीको भोट लिने, सुकुम्वासीको मत लिने, सुकुम्वासीको कर पनि लिने तर ती सुकुम्वासीले खानेपानी नपाउने ? यो भन्दा विडम्बना के हुन्छ ? यो सामान्य अपराध होइन । सरकारले मानवता विरोधी अपराध गरेको आभास हुन्छ सभामुखज्यू ।’ 

कुनै पनि बहानामा कोही कसैलाई शुद्ध खानेपानीबाट वञ्चित गर्नु राम्रो नभएको उनले बताए । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था सरकारले यथाशीघ्र गरोस् भन्ने बारेमा सभामुखले रुलिङ गर्नुपर्ने उनले बताए । 

यस्तै उनले भारतको उडिसामा मृत्यु भएकी वीरगन्ज निवासी प्रिसा साहको बारेमा सत्यतथ्य सार्वजनिक गर्न र त्यस बारेमा के भइरहेको छ भन्ने बारेमा सदनलाई जानकारी गराउन समेत सरकारसँग माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप