मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान

सोमबार, २२ वैशाख २०८२, १५ : ३३
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । पहलगाम घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैबीच पाकिस्तानले एकपछि अर्को गर्दै मिसाइल परीक्षण गरिरहेको छ ।

सोमबार, पाकिस्तानले आफ्नो फताह सिरिजको सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् ।  यो क्षेप्यास्त्रको दायरा १२० किलोमिटर भएको बताइएको छ । 

तीन दिन अघि, शनिबार, पाकिस्तानले अब्दाली हतियार प्रणालीको परीक्षण गरेको थियो । यो मिसाइल ४५० किलोमिटरको दूरी भएको ब्यालिस्टिक मिसाइल थियो । अब फतह क्षेप्यास्त्रको परीक्षणले भारतसँग बढ्दो तनावलाई झनै भड्काएको छ । 

पहलगाम हमलापछि भारत पाकिस्तानप्रति कठोर बनेको छ । भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको छ । यो निर्णयले रुष्ट पाकिस्तानले पछिल्ला १० दिनमा नियन्त्रण रेखामा धेरै पटक युद्धविराम उल्लंघन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप