एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
सोमबार, २२ वैशाख २०८२, १५ : ३३
काठमाडौँ । पहलगाम घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैबीच पाकिस्तानले एकपछि अर्को गर्दै मिसाइल परीक्षण गरिरहेको छ ।
सोमबार, पाकिस्तानले आफ्नो फताह सिरिजको सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् । यो क्षेप्यास्त्रको दायरा १२० किलोमिटर भएको बताइएको छ ।
तीन दिन अघि, शनिबार, पाकिस्तानले अब्दाली हतियार प्रणालीको परीक्षण गरेको थियो । यो मिसाइल ४५० किलोमिटरको दूरी भएको ब्यालिस्टिक मिसाइल थियो । अब फतह क्षेप्यास्त्रको परीक्षणले भारतसँग बढ्दो तनावलाई झनै भड्काएको छ ।
पहलगाम हमलापछि भारत पाकिस्तानप्रति कठोर बनेको छ । भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको छ । यो निर्णयले रुष्ट पाकिस्तानले पछिल्ला १० दिनमा नियन्त्रण रेखामा धेरै पटक युद्धविराम उल्लंघन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण