युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
मस्को । युक्रेनले लगातार ड्रोन आक्रमण ग रुसले बताएको छ । आक्रमणका कारण सुरक्षा सुनिश्चित गर्न घण्टौँसम्म राजधानीका प्रमुख विमानस्थल बन्द गर्नुपरेको समाचारमा उल्लेख छ । यद्यपि हाल सबै खोलिएको रुसको उड्डयन नियामक रोसाभियात्सियाले टेलिग्राममा भनेको छ ।
फरक फरक दिशाबाट आएका कम्तीमा पन १९ वटा युक्रेनी ड्रोनलाई सहरमा पुग्नुअघि नै ध्वस्त पारिएको सामाजिक सञ्जालमार्फत मस्कोका मेयर सेगेई सोब्यानिनले बताएका छन् ।
यसरी खसालिएका ड्रोनहरूमध्ये केही सडकमा झरेको तर यसका कारण हताहत चाहिँ नभएको मेयरले बताए । यो खबरमा अहिलेसम्म युक्रेनले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
तर खार्किभका मेयरले चाहिँ रुसले गएको राति ड्रोन आक्रमण गरेको बताएका थिए । रुसको ड्रोन आक्रमणमा एक जना मारिएको युक्रेनको ओदेसा क्षेत्रका गभर्नरले बताएका छन् । रातभरमा आफ्ना सेनाले कुल २६ वटा युक्रेनी ड्रोन ध्वस्त पारेको रुसको रक्षा मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण