शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रतिनिधिसभाको शून्य समय शून्यमा उडाउनका लागि भएको भए बन्द गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा धारणा राख्दै शून्य समयमा राखिएका प्रश्न शून्यमा उडाउनका लागि नभएमा सरकारलाई गम्भीर भएर जवाफ दिन निर्देशन दिन सभामुखलाई आग्रह गरे ।
उनले भने, ‘सरकार जनताका प्रश्न, जनप्रतिनिधिका प्रश्नको जवाफ दिनसमेत तयार छैन । सरकारको यस्तो गैह्रजिम्मेवारी किन शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ । होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशन दिन माग गर्दछु ।’
उनले सरकारलाई ५ प्रश्न पनि सोधे । उनका प्रश्न यस्ता छन् ।
१, नेता रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो ?
२, गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?
३, विश्वविद्यालयमा उपकुलपति किन खाली भइरहेका छन् ?
४, स्वास्थ्य बिमा किन भुक्तानी गरिँदैन ?
५, मध्य पहाडी कोरिडोर, भेरी नदी पुल, बरेला पुल, जलिदार पुल, तमोर कोरिडोर र हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण