मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले किसानले बाली लगाउने र बिउ छर्ने बेलामा नै मलखादको हाहाकार भएको बताएका छन् । मलखादको हाहाकार मच्चाएर दुई तिहाइको बलियो सरकारले नै खुलेआम कालोबजारी गरेर किसानमाथि अन्याय गरेको उनले आरोप लगाए ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै साहले तराई- मधेससहित पहाडका किसानहरू मलको अभावले तड्पिरहेको बेला सरकार र प्रहरीको उच्च ओहोदामा बस्नेहरू किसानलाई लुटेर महल बनाउने कार्य आफूलाई स्वीकार्य नभएको बताए ।
‘सम्माननीय सभामुख महोदय, अहिले मल, खादको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, बिउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाए पनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् । त्यो पनि सरकारी निकायले दिने ठाउँमा होइन, पसलहरूमा पाइराखेका छन् । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईँको हो कि होइन ? केन्द्रीय सरकारको हो कि होइन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?,’ साहले भने ।
पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ । किसानलाई मलखाद उपलब्ध गराउने जिम्मेवारी सरकारको भए पनि सरकार मौन बसेर किसानसँग खेलबाड गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण