मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले किसानले बाली लगाउने र बिउ छर्ने बेलामा नै मलखादको हाहाकार भएको बताएका छन् । मलखादको हाहाकार मच्चाएर दुई तिहाइको बलियो सरकारले नै खुलेआम कालोबजारी गरेर किसानमाथि अन्याय गरेको उनले आरोप लगाए ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै साहले तराई- मधेससहित पहाडका किसानहरू मलको अभावले तड्पिरहेको बेला सरकार र प्रहरीको उच्च ओहोदामा बस्नेहरू किसानलाई लुटेर महल बनाउने कार्य आफूलाई स्वीकार्य नभएको बताए ।
‘सम्माननीय सभामुख महोदय, अहिले मल, खादको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, बिउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाए पनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् । त्यो पनि सरकारी निकायले दिने ठाउँमा होइन, पसलहरूमा पाइराखेका छन् । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईँको हो कि होइन ? केन्द्रीय सरकारको हो कि होइन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?,’ साहले भने ।
पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ । किसानलाई मलखाद उपलब्ध गराउने जिम्मेवारी सरकारको भए पनि सरकार मौन बसेर किसानसँग खेलबाड गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’