झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
बुधबार, २४ वैशाख २०८२, २१ : २७
काठमाडौँ । झापाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट सशस्त्र प्रहरीले करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी बस्ने ३८ वर्षीय डम्बर बहादुर कार्की छन् । आरोपीको साथबाट स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । बरामद भारतीय रुपैयाँ नेपाली २३ लाख ९९ हजार ५२० बराबर हुन्छ ।
सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले उनलाई विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट नियन्त्रणमा लिएको हो । बरामद भारतीय नोट ५ सय दरको २ हजार ९ सय ९९ सय र २ सय दरको १ वटा छ । सशस्त्रले उनलाई आन्तरिक राजश्व कार्यालय ईटरीमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण