बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

बुधबार, २४ वैशाख २०८२, २१ : २७
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । झापाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट सशस्त्र प्रहरीले करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङको उर्लाबारी बस्ने ३८ वर्षीय डम्बर बहादुर कार्की छन् । आरोपीको साथबाट स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । बरामद भारतीय रुपैयाँ नेपाली २३ लाख ९९ हजार ५२० बराबर हुन्छ । 

सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले उनलाई विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट नियन्त्रणमा लिएको हो । बरामद भारतीय नोट ५ सय दरको २ हजार ९ सय ९९ सय र २ सय दरको १ वटा छ । सशस्त्रले उनलाई आन्तरिक राजश्व कार्यालय ईटरीमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप