नेपालयको दुई दिने पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट दिने
काठमाडौँ । पब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयलेमेलामा आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ ।
यही वैशाख २७ र २८ गते शनिबार र आइतबार हुने दुई दिने पुस्तक मेलामा लेखकहरुसित भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुने नेपालयले जनाएको छ ।
पाठकहरुले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकून्, आफ्ना प्रिय लेखकसित भेटघाटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको पब्लिकेसन नेपालयले जनाएको छ । ‘हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,’ पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ ।’
पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण