भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे
काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे । उनले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ ।
उनले भने, ‘नीति तथा कार्यक्रमले शिक्षा विधेयक, निजामती विधेयक, प्रहरीसँग सम्बन्धित विधेयक लगायतका विधेयकहरू यसै अधिवेशनबाट पारित गर्ने जुन प्रतिबद्धता व्यक्त गरेको छ त्यो ज्यादै सकारात्मक पक्ष हो । आज भ्रष्टाचार र कमिसनको विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो । यसको अन्त्य गर्नको लागि हामी सबैको सामूहिक प्रतिविद्धताको खाँचो छ । एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौँ । त्यसका लागि सरकारले अघि सारेका कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजानको लागि योगदान पुर्याउनुपर्दछ । भ्रष्टाचार र कमिसनको कामहरूमा कसैले पनि मुक्त पाउँदैन । जुनसुकै पदको , पार्टीको र ओहोदाको मान्छे भए पनि हामी खरो रूपमा प्रस्तुत हुन जरुरी छ । यसमा सबै एक ठाउँमा आउनुपर्ने जरुरत छ ।’
सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उनको भनाइ छ । उनले सरकारले अघि सारेका युवालक्षित कार्यक्रमहरूको सफल कार्यान्वयन गर्न सके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण