काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । काठमाडौँसहित विभिन्न चार स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार राजधानीको तीनकुनेस्थित सडकमा बा.३ ख ७०६२ नम्बरको बसले बा.प्र.०१-०२६ च २९२७ को भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर धोबीघाट बस्ने नुवाकोट घर भएकी २३ वर्षीया नगिना तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा भमरपुराबाट जनकपुरतर्फ जाँदै गरेको ना.६ त ४८१६ नम्बरको ट्याक्टरमा प्र.२-०२-००१ प ७०८१ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका-३ मडै बस्ने ७० वर्षीय शिवशरण यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।
यसैगरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङगानगरस्थित सडकमा डिङगानगरबाट ड्राईभरटोलतर्फ जाँदै गरेको लु.५५ प ७५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४३ वर्षीय हरि थापा मगरको मृत्यु भएको छ ।
बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-८ श्रृङघाटखोलास्थित सडकमा पनि श्रृङघाटखोलाबाट मधुवनतर्फ आउँदै गरेको लु.४ त १६२६ नम्बरको ट्याक्टरमा लु.२ त ४४१६ नम्बरको ट्याक्टर ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार सोही नगरपालिका-४ कालाबन्जर बस्ने ५५ वर्षीय लोखै थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लु.२ त ४४१६ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार लु.४ त १६२६ नम्बरको ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण