भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट
बिहीबार, २५ वैशाख २०८२, २० : ५३
काठमाडौँ । भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच बिहीबार भारत र पाकिस्तानको सेयर बजारमा गिरावट देखिएको छ ।
भारतका प्रमुख स्टक एक्सचेन्ज सूचकाङ्क सेन्सेक्स र निफ्टी लगभग आधा प्रतिशतले घटे। उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्ताहरूमा त्रास देखियो र बिक्री हाबी भयो।
सेयर बजारमा तीव्र गिरावट आएपछि कारोबार सत्रमा कारोबार नै रोक्नुपरेको थियो। यसको बेन्चमार्क सूचकाङ्क केएसई १०० कारोबारमा ६ प्रतिशतभन्दा बढीले घट्यो।
मुद्रा बजारमा पनि त्रास स्पष्ट रूपमा देखिन्थ्यो। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ एक प्रतिशतभन्दा बढीले घट्दा पाकिस्तानी रुपैयाँ पनि घट्यो। बिहीबार दुवै देशले एक अर्कालाई ड्रोन आक्रमणको आरोप लगाएपछि लगानीकर्ताहरूमा चिन्ता बढेको छ।
बुधबार, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको बताएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण