शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट

बिहीबार, २५ वैशाख २०८२, २० : ५३
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच बिहीबार भारत र पाकिस्तानको सेयर बजारमा गिरावट देखिएको छ ।

भारतका प्रमुख स्टक एक्सचेन्ज सूचकाङ्क सेन्सेक्स र निफ्टी लगभग आधा प्रतिशतले घटे। उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्ताहरूमा त्रास देखियो र बिक्री हाबी भयो।

सेयर बजारमा तीव्र गिरावट आएपछि कारोबार सत्रमा कारोबार नै रोक्नुपरेको थियो। यसको बेन्चमार्क सूचकाङ्क केएसई १०० कारोबारमा ६ प्रतिशतभन्दा बढीले घट्यो। 

मुद्रा बजारमा पनि त्रास स्पष्ट रूपमा देखिन्थ्यो। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ एक प्रतिशतभन्दा बढीले घट्दा पाकिस्तानी रुपैयाँ पनि घट्यो। बिहीबार दुवै देशले एक अर्कालाई ड्रोन आक्रमणको आरोप लगाएपछि लगानीकर्ताहरूमा चिन्ता बढेको छ।

बुधबार, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको बताएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप