सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
भारत–पाकिस्तान तनाव

भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो

शनिबार, २७ वैशाख २०८२, ११ : १०
शनिबार, २७ वैशाख २०८२

नयाँ दिल्ली । भारतीय सेनाले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ। भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालयले पश्चिमी सीमामा पाकिस्तानबाट ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर आक्रमण भइरहेको बताएको हो।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘आज बिहान ५ बजे अमृतसरको खासा क्यान्टमाथि धेरै सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको थियो। हाम्रो वायु रक्षा प्रणालीले तिनीहरूलाई विफल पारेको छ। भारतको सार्वभौमसत्ता उल्लङ्घन गर्ने र आफ्ना नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास स्वीकार्य हुन सक्दैन।’

india pak war

हिजो राति जम्मू सहरको रेहरी कोलोनीमा पनि पाकिस्तानले आक्रमण गरेको थियो। स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको छ र धेरै सवारी साधनका झ्यालहरू फुटेका छन्।

मानिसहरूका अनुसार पहिलो पटक सहरको मुटुमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरिएको छ। स्थानीय बासिन्दा राकेश गुप्ताले भने, ‘ठुलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरिएको थियो। जताततै डर र त्रासको वातावरण थियो। पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ?’

india pak war 3

बीबीसीका अनुसार केही व्यक्तिहरू घाइते भएका छन् जसलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह पनि घटनास्थलमा पुगेका थिए, तर लडाकु विमानहरू माथि उड्न थालेपछि तुरुन्तै त्यहाँबाट जानुपर्‍यो। हवाई आक्रमणको साइरन बजाइयो र मानिसहरूलाई क्षेत्र खाली गर्न भनिएको थियो।

  • पाकिस्तानले के दाबी गर्‍यो?

यसैबिच, सरकारी टिभी च्यानलमा, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले सैन्य विमानस्थलहरूमा भएको आक्रमणको 'जवाफ दिने' पाकिस्तानी सेनाले बताएका छन्। 

चौधरीले पाकिस्तानी सेनाको वायु रक्षा प्रणालीले धेरैजसो भारतीय क्षेप्यास्त्रहरू खसालेको दाबी गरे। उनले देशको सेना ‘पूर्ण रूपमा तयार’ रहेको पनि जिकिर गरे ।

ahmad sharif chaudhary

पाकिस्तानले निशाना बनाएको दाबी गरेको सैन्य विमानस्थलमध्ये एक रावलपिंडीमा रहेको नूर खान हो, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ।

पाकिस्तानको सरकारी टिभी र सेनाको जनसम्पर्क विभागले भारत विरुद्ध प्रतिआक्रमण सुरु गरेको बताएका छन्। पाकिस्तानको यी दाबीहरूमा भारतले अहिलेसम्म केही भनेको छैन।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार पाकिस्तानले बदलाको कारबाहीलाई 'अपरेसन बन्यान मार्स' नाम दिएको छ।

भारतले मे ७, बुधबार बिहानै 'अपरेसन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा आक्रमण गरेको थियो। यस आक्रमणपछि, पाकिस्तानले ३३ जनाको मृत्यु भएको र ठुलो क्षति बेहोरेको स्वीकार गर्‍यो।

भारत र पाकिस्तानबिचको तनाव अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणसँगै सुरु भएको थियो। यस आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप