युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी
आइतबार, २८ वैशाख २०८२, १२ : ३४

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्।
आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भने, ‘म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु। उनीहरूले सही समयमा बुद्धि र साहस देखाएर यो द्वन्द्व रोक्ने निर्णय गरे किनभने यो द्वन्द्वले लाखौँ निर्दोष मानिसहरूको मृत्यु र ठुलो क्षति निम्त्याउन सक्थ्यो।’
ट्रम्पले अमेरिकाले यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएकोमा गर्व रहेको जिकिर गरे । आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने बारेमा पनि कुरा गरेका छन्।
यसका साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने बारेमा पनि कुरा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण