विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल राख्ने सम्बन्धमा छलफल केन्द्रित गरेको छ । निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारीमा रहेको नेकपाले नामबारे छलफल केन्द्रित गरेको हो ।
चैत १८ गते बसेको पार्टीको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । दल दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सदस्यहरूमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल रहेका छन् ।
नेकपा लोकनारायण सुवेदीको नाममा आयोगमा दर्ता भएकाले पार्टीको नाम परिवर्तन गरी आयोगमा दर्ता गर्न महासचिव नेत्रविक्रम चन्द विप्लवले जेठको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकले नाम अनुमोदन गरेपछि आयोगमा दर्ता गर्न जाने कार्यदलका संयोजक बुढाथोकीले बताए । यद्यपि दलको नाम सम्बन्धमा विभिन्न नाम प्रस्ताव आए पनि निष्कर्षमा नपुगेको उनले बताए ।
‘नेकपा पहिले नै अर्काको नाममा आयोगमा दर्ता भएकाले संवैधानिक मान्यता पाउँदैन । विकल्पमा कम्युनिस्ट पार्टी नेपाल पनि हुनसक्छ । आयोगमै दर्ता भएको नेकपा (माओवादी समाजवादी) पनि हुनसक्छ । तर सहमति जुटेको छैन । केन्द्रीय समिति बैठकले अब टुङ्गो लगाउँछ । त्यसपछि हामी दल दर्ताका लागि आयोग जान्छौँ’, बुढाथोकीले भने ।
गत मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण