विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल राख्ने सम्बन्धमा छलफल केन्द्रित गरेको छ । निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारीमा रहेको नेकपाले नामबारे छलफल केन्द्रित गरेको हो ।
चैत १८ गते बसेको पार्टीको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । दल दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सदस्यहरूमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल रहेका छन् ।
नेकपा लोकनारायण सुवेदीको नाममा आयोगमा दर्ता भएकाले पार्टीको नाम परिवर्तन गरी आयोगमा दर्ता गर्न महासचिव नेत्रविक्रम चन्द विप्लवले जेठको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकले नाम अनुमोदन गरेपछि आयोगमा दर्ता गर्न जाने कार्यदलका संयोजक बुढाथोकीले बताए । यद्यपि दलको नाम सम्बन्धमा विभिन्न नाम प्रस्ताव आए पनि निष्कर्षमा नपुगेको उनले बताए ।
‘नेकपा पहिले नै अर्काको नाममा आयोगमा दर्ता भएकाले संवैधानिक मान्यता पाउँदैन । विकल्पमा कम्युनिस्ट पार्टी नेपाल पनि हुनसक्छ । आयोगमै दर्ता भएको नेकपा (माओवादी समाजवादी) पनि हुनसक्छ । तर सहमति जुटेको छैन । केन्द्रीय समिति बैठकले अब टुङ्गो लगाउँछ । त्यसपछि हामी दल दर्ताका लागि आयोग जान्छौँ’, बुढाथोकीले भने ।
गत मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित