तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
काठमाडौँ । काठमाडौँको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा संलग्नहरू ४३ दिनदेखि थुनामा छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनको मुख्य उद्देश्य थियो, ‘राजतन्त्रलाई फिर्ता ल्याउने ।’
गणतन्त्रलाई फालेर राजतन्त्र ल्याउने आन्दोलनमा एकजना भारतीय नागरिक पनि संलग्न देखिएका छन् । प्रदर्शनमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनी हुन्, २० वर्षीय रवि रञ्जन कुमार । भारतको बैशाली हुसेनाकर्द पञ्चायत घर भएका रवि रञ्जन कोटेश्वर बस्दै आएका थिए । उनीविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रदर्शनमा अवाञ्छित गतिविधि गरेका आरोपमा प्रहरीले दुईवटा मुद्दामा आरोपीहरूलाई अनुसन्धान गरिरहेको छ । दुर्गा प्रसाईं, रवीन्द्र मिश्र र डा. धवल शमशेर जबरा समेतलाई प्रहरीले राज्य विरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
भाटभटेनीबाट मदिरा चोरेको आरोप लागेका डा.राज कुमार राई समेतलाई प्रहरीले आपराधिक उपद्रव र संगठित अपराध मुद्दा लगाएको छ । राज्य विरुद्धको कसुरमा २५ जना अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । आपराधिक उपद्रव सम्बन्धी कसुरमा ४२ जना हिरासतमा छन् ।
अनुसन्धान प्रक्रिया पुरा भएका राप्रपाका महामन्त्री डा. धवल शमशेर जबरा सहित २२ जना हाजिर जमानीमा रिहा भएका छन् । यस्तो छ हिरासतमा भएका र छुटेकाहरूको विवरण :



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण