मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?

एकजना भारतीयमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान
आइतबार, २८ वैशाख २०८२, १४ : ००
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा संलग्नहरू ४३ दिनदेखि थुनामा छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनको मुख्य उद्देश्य थियो, ‘राजतन्त्रलाई फिर्ता ल्याउने ।’ 

गणतन्त्रलाई फालेर राजतन्त्र ल्याउने आन्दोलनमा एकजना भारतीय नागरिक पनि संलग्न देखिएका छन् । प्रदर्शनमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनी हुन्, २० वर्षीय रवि रञ्जन कुमार । भारतको बैशाली हुसेनाकर्द पञ्चायत घर भएका रवि रञ्जन कोटेश्वर बस्दै आएका थिए । उनीविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रदर्शनमा अवाञ्छित गतिविधि गरेका आरोपमा प्रहरीले दुईवटा मुद्दामा आरोपीहरूलाई अनुसन्धान गरिरहेको छ । दुर्गा प्रसाईं, रवीन्द्र मिश्र र डा. धवल शमशेर जबरा समेतलाई प्रहरीले राज्य विरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

भाटभटेनीबाट मदिरा चोरेको आरोप लागेका डा.राज कुमार राई समेतलाई प्रहरीले आपराधिक उपद्रव र संगठित अपराध मुद्दा लगाएको छ । राज्य विरुद्धको कसुरमा २५ जना अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । आपराधिक उपद्रव सम्बन्धी कसुरमा ४२ जना हिरासतमा छन् ।

अनुसन्धान प्रक्रिया पुरा भएका राप्रपाका महामन्त्री डा. धवल शमशेर जबरा सहित २२ जना हाजिर जमानीमा रिहा भएका छन् । यस्तो छ हिरासतमा भएका र छुटेकाहरूको विवरण :

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप