बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
ढाका । बंगलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्महरूमा हुने गतिविधिहरू पनि समावेश छन् ।
शनिबार अन्तरिम सरकारले सल्लाहकार परिषद्को विशेष बैठक बोलाएको थियो । बैठकले पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको प्रेस शाखाले एक विज्ञप्तिमा बैठकमा अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐनमा संशोधन पनि अनुमोदन गरिएको जानकारी दिएको छ। संशोधन अनुसार, अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले कुनै पनि राजनीतिक दल, यसका सहयोगी वा समर्थक समूहहरूलाई सजाय दिन सक्नेछ ।
प्रेस शाखाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सल्लाहकार परिषद्को बैठकमा, अनलाइनसहित अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । यो निर्णय बंगलादेश अवामी लिग र यसका नेताहरूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐन अन्तर्गत मुद्दा पूरा नभएसम्म लागू रहनेछ ।’
विज्ञप्तिका अनुसार देशको सुरक्षा र सार्वभौमसत्ता र जुलाई आन्दोलनका नेता तथा कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको हो ।“
सल्लाहकार परिषद्को बैठकले जुलाईमा गरिएका घोषणाहरूलाई आगामी ३० दिन भित्र अन्तिम रूप दिने र कार्यान्वयन गर्ने निर्णय पनि गरेको बताइएको छ ।
बैठकपछि कानुनी सल्लाहकार आसिफ नजरुलले पत्रकार सम्मेलन गरी यस वक्तव्यको बारेमा जानकारी दिए। उनले अवामी लिगको गतिविधिमा प्रतिबन्ध लगाउने सम्बन्धी परिपत्र अर्को कार्य दिनमा जारी गरिने बताए ।
बंगलादेशमा पछिल्ला केही दिनदेखि विरोध प्रदर्शनहरू भइरहेका थिए। राष्ट्रिय नागरिक पार्टी (एनसीपी) लगायत धेरै दल र संगठनहरूले विगत दुई दिनदेखि अवामी लिगलाई ’आतंकवादी संगठन’ को रूपमा प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।
विरोध प्रदर्शनको आह्वान सर्वप्रथम एनसीपी दक्षिणी क्षेत्रका प्रमुख आयोजक हसनत अब्दुल्लाहले गरेका थिए। उनी र अन्य धेरै जनाले गत बिहीबार रातिदेखि अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गर्दै प्रमुख सल्लाहकारको घर अगाडि विरोध प्रदर्शन गरिरहेका थिए ।
पछि, विद्यार्थीहरू र धेरै राजनीतिक संगठनहरूले यस विरोधलाई समर्थन गरे। यसपछि शुक्रबार दिउँसोदेखि शाहबाग क्रसमा विरोध प्रदर्शन सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण