अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
अमेरिका । अभिनेत्री तथा निर्मात्री (फिल्ममेकर) ऋचा घिमिरे अमेरिकामा स्थापित नेक्स्ट जेनेरेसन जिनियस प्रविधिमूलक शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्।
प्रविधिको दुनियाँमा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यसँग ऋचाको दूरदृष्टि मेल खाने भएकाले उनलाई एम्बासडर नियुक्त गरिएको बताइएको छ ।
“यो केवल एउटा ब्रान्ड साझेदारी होइन,” ऋचाले यसबारे जानकारी दिइन आयोजित कार्यक्रममा भनिन्, “हामी अब एक ग्लोबल भिलेजमा बाँचिरहेका छौं। यस प्रकारका सहकार्यहरूले विश्वभरिका कलाकारहरूका लागि नयाँ अवसरको ढोका खोल्नेछन्।”
आजको प्रतिस्पर्धात्मक युगमा बालबालिकालाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न जीनियस(प्रतिभाशाली) बन्न आवश्यक छ। यही सोचका साथ कोड मन्त्रले कृत्रिम बौद्धिकता (AI), कोडिङ, रोबोटिक्स, गणित र मेशिन लर्निङ जस्ता विषयहरूमा अग्रमोर्चामा रहेर भविष्यको पुस्तालाई सक्षम बनाउने उद्देश्य लिएको छ।
कोड मन्त्रको सीईओ भुवन रिजाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण