ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
काठमाडाैँ । गएको महिना अमेरिकामा महँगी थोरैले बढेको हुन सक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च ट्यारिफ (अतिरिक्त भन्सार महसुल) लगाएपछि यसको असर बजारमा देखिएको हुन सक्ने अर्थशास्त्रीहरूले बताएका छन् । महँगीको तस्बिर आगामी महिनाहरूमा झन् प्रस्ट हुने अपेक्षा गरिएको छ ।
फ्याक्टसेटका अनुसार, उपभोक्ता मूल्यहरू गत वर्षको तुलनामा अप्रिलमा २ दशमलव ४ प्रतिशतले बढेको अनुमान गरिएको छ । यो मार्चकै हाराहारीको हो । तर वर्षको सुरुको भन्दा चाँहि यो कम छ । मासिक आधारमा, अर्थशास्त्रीहरूले मार्चदेखि अप्रिलसम्म उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ३ प्रतिशतले बढेको आशङ्का गरेका छन् । यस गतिले बढ्दै गएमा महँगी निकै खराब स्तरमा पुग्नेछ । गएको महिना झन्डै पाँच वर्षमा पहिलो पटक मुद्रास्फीति घटेको थियो ।
मङ्गलवारको प्रतिवेदनले ट्रम्पको ट्यारिफले अमेरिकी उपभोक्ताको खल्तीमा कस्तो दबाब पारिरहेको छ भनेर शुरुआती सङ्केत दिएको छ । मेक्सिकोबाट आउने कयौँ सामानमा फेब्रुअरीमै ट्यारिफ लागिसकेको थियो । तर ट्यारिफको असर मध्यम रहने अर्थशास्त्रीहरूले भनेका छन् । माग प्रभावित नहुनेगरी ट्यारिफमा भएको वृद्धिको भार कति उपभोक्ताको टाउकोमा हाल्ने भन्नेमै कम्पनीहरू अनिश्चित छन् । सोमबार अमेरिका र चीनबीच अस्थायी रुपमा दुबै देशले एकअर्कामाथि लगाएको ट्यारिफमा उच्च कटौतीबारे सम्झौता भएको छ ।
अप्रिलमा मूल्य अस्थिर भइरहने खानेकुरा र इन्धन बाहेकको कोर मूल्य गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ८ प्रतिशतले बढेको हुन सक्ने बताइएको छ । मार्चमा पनि यो यति नै थियो । अघिल्लो महिनाको तुलनामा भने यो शून्य दशमलव ३ प्रतिशतले बढेको अनुमान छ । मार्चमा यो दर शून्य दशमलव १ प्रतिशत मात्रै थियो । अमेरिकी व्यवसायभर ट्यारिफको पूरा असर देखिन अझ केही समय लाग्ने अर्थशास्त्रीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण