ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का

काठमाडाैँ । गएको महिना अमेरिकामा महँगी थोरैले बढेको हुन सक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च ट्यारिफ (अतिरिक्त भन्सार महसुल) लगाएपछि यसको असर बजारमा देखिएको हुन सक्ने अर्थशास्त्रीहरूले बताएका छन् । महँगीको तस्बिर आगामी महिनाहरूमा झन् प्रस्ट हुने अपेक्षा गरिएको छ ।
फ्याक्टसेटका अनुसार, उपभोक्ता मूल्यहरू गत वर्षको तुलनामा अप्रिलमा २ दशमलव ४ प्रतिशतले बढेको अनुमान गरिएको छ । यो मार्चकै हाराहारीको हो । तर वर्षको सुरुको भन्दा चाँहि यो कम छ । मासिक आधारमा, अर्थशास्त्रीहरूले मार्चदेखि अप्रिलसम्म उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ३ प्रतिशतले बढेको आशङ्का गरेका छन् । यस गतिले बढ्दै गएमा महँगी निकै खराब स्तरमा पुग्नेछ । गएको महिना झन्डै पाँच वर्षमा पहिलो पटक मुद्रास्फीति घटेको थियो ।
मङ्गलवारको प्रतिवेदनले ट्रम्पको ट्यारिफले अमेरिकी उपभोक्ताको खल्तीमा कस्तो दबाब पारिरहेको छ भनेर शुरुआती सङ्केत दिएको छ । मेक्सिकोबाट आउने कयौँ सामानमा फेब्रुअरीमै ट्यारिफ लागिसकेको थियो । तर ट्यारिफको असर मध्यम रहने अर्थशास्त्रीहरूले भनेका छन् । माग प्रभावित नहुनेगरी ट्यारिफमा भएको वृद्धिको भार कति उपभोक्ताको टाउकोमा हाल्ने भन्नेमै कम्पनीहरू अनिश्चित छन् । सोमबार अमेरिका र चीनबीच अस्थायी रुपमा दुबै देशले एकअर्कामाथि लगाएको ट्यारिफमा उच्च कटौतीबारे सम्झौता भएको छ ।
अप्रिलमा मूल्य अस्थिर भइरहने खानेकुरा र इन्धन बाहेकको कोर मूल्य गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ८ प्रतिशतले बढेको हुन सक्ने बताइएको छ । मार्चमा पनि यो यति नै थियो । अघिल्लो महिनाको तुलनामा भने यो शून्य दशमलव ३ प्रतिशतले बढेको अनुमान छ । मार्चमा यो दर शून्य दशमलव १ प्रतिशत मात्रै थियो । अमेरिकी व्यवसायभर ट्यारिफको पूरा असर देखिन अझ केही समय लाग्ने अर्थशास्त्रीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान