सरकारको विभेदपूर्ण सोचले हुलाकी राजमार्ग अलपत्र : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको विभेदपूर्ण नीतिका कारण हुलाकी राजमार्गको निर्माण कार्य अलपत्र परेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै साहले सरकारलाई प्रश्न गर्दै भने, "अरू सडकमा अर्बौं बजेट सुनिश्चित हुँदा हुलाकी राजमार्ग किन बिर्सिएको?" उनले झन्डै १,००० किलोमिटर लामो हुलाकी राजमार्गमध्ये ८०० किलोमिटर मात्रै निर्माण भएको उल्लेख गर्दै बाँकी खण्डहरू अझै अधुरो रहेको बताए।
साहले सर्लाही, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके लगायतका क्षेत्रमा सडक निर्माण अधुरो रहेको जनाउँदै, यो राजमार्गमार्फत मेचीदेखि महाकालीसम्मका जनताले यात्रा गर्न नपाएकोप्रति दुःख व्यक्त गरे।
उनले सरकारलाई सोधे, "दुई तिहाईको शक्तिशाली सरकारले न्याय गर्ने कि विभेद? हुलाकी राजमार्ग पनि राष्ट्रिय गौरवको आयोजना हो, त्यसलाई सरकारले किन प्राथमिकता दिएको छैन?"
साहले हुलाकी राजमार्गमा हालसम्म करिब ६५ अर्ब लगानी भइसकेको तर अझै पनि केही अर्बको अभावमा परियोजना अलपत्र परेको भन्दै तत्काल बजेट सुनिश्चित गरेर निर्माण कार्य सम्पन्न गर्न सरकारसँग माग गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण