नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा रक्तदान
विराटनगर । ५७ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले रक्तदान गरेको छ । विराटनगरमा बुधबार गरिएको रत्तलदानमा ८१ पिन्ट रगत संकलन भएको छ ।
रक्तदानमा जीवन, निर्जीवन, लघु बीमकका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयरलगायत अन्य व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङ च्याप्टरका सभापति सुकदेव मण्डल प्रमुख अतिथि थिए । उनले रगतको अभाव बढ्दै गइरहेको र युवा पुस्ता विदेशिने क्रम बढ्दा रक्तदाता घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले आगामी दिनहरूमा समेत यस्ता मानवीय कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्न बिमा प्राधिकरणलाई सल्लाह दिए । प्राधिकरण विराटनगरका प्रमुख विनोद पोखरेलले बीमाकर्मीहरूबाट मानवीय कार्य हुनु सराहनीय भएको बताए ।
नेपाल बीमा प्राधिकरण कोशी कार्यालयले जेठ १ गते बिहान ८ बजे विराटनगरको तीनपैनीबाट महेन्द्र चोकसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरेर बीमा दिवस तथा ५७ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण