नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा रक्तदान

विराटनगर । ५७ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले रक्तदान गरेको छ । विराटनगरमा बुधबार गरिएको रत्तलदानमा ८१ पिन्ट रगत संकलन भएको छ ।
रक्तदानमा जीवन, निर्जीवन, लघु बीमकका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयरलगायत अन्य व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङ च्याप्टरका सभापति सुकदेव मण्डल प्रमुख अतिथि थिए । उनले रगतको अभाव बढ्दै गइरहेको र युवा पुस्ता विदेशिने क्रम बढ्दा रक्तदाता घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले आगामी दिनहरूमा समेत यस्ता मानवीय कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्न बिमा प्राधिकरणलाई सल्लाह दिए । प्राधिकरण विराटनगरका प्रमुख विनोद पोखरेलले बीमाकर्मीहरूबाट मानवीय कार्य हुनु सराहनीय भएको बताए ।
नेपाल बीमा प्राधिकरण कोशी कार्यालयले जेठ १ गते बिहान ८ बजे विराटनगरको तीनपैनीबाट महेन्द्र चोकसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरेर बीमा दिवस तथा ५७ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार