सांसद थिङको सरकारलाई प्रश्न : अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन ?
सारांश
- नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले अविवाहितमाथि विभेदकारी कर उठाउन सरकारको आलोचना गरिन्।
- विभेदकारी कर नीति खारेज गर्न उनले अर्थमन्त्रीसँग माग गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकारलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भनेर प्रश्न गरेकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राज्यलाई लाज नलाग्ने भए अविवाहितहरू जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छन् भन्दै व्यङ्ग्य गरिन् ।
थिङले अर्थमन्त्रीसँग विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग माग गरिन् । उनले भनिन्- ‘कानुनमा परिवार भन्नाले आमाबाबु छोराछोरी पति पत्नी बाजे बज्यै र सौतेनी आमा भनिएको छ । बाबु आमा मरिसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवाहितको कमाइमा बढी कर लगाउँदै आएको छ । के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछ ।’
थिङले भनिन्- ‘यदि राज्यलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भने, हामी अविवाहितलाई बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहित जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छ । होइन भने राज्यले विवाहित र अविवाहितलाई विभेद गरी कर उठाउन पाइँदैन । विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग जोडदार माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण