सांसद थिङको सरकारलाई प्रश्न : अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन ?

समाचार सारांश
- नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले अविवाहितमाथि विभेदकारी कर उठाउन सरकारको आलोचना गरिन्।
- विभेदकारी कर नीति खारेज गर्न उनले अर्थमन्त्रीसँग माग गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकारलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भनेर प्रश्न गरेकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राज्यलाई लाज नलाग्ने भए अविवाहितहरू जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छन् भन्दै व्यङ्ग्य गरिन् ।
थिङले अर्थमन्त्रीसँग विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग माग गरिन् । उनले भनिन्- ‘कानुनमा परिवार भन्नाले आमाबाबु छोराछोरी पति पत्नी बाजे बज्यै र सौतेनी आमा भनिएको छ । बाबु आमा मरिसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवाहितको कमाइमा बढी कर लगाउँदै आएको छ । के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछ ।’
थिङले भनिन्- ‘यदि राज्यलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भने, हामी अविवाहितलाई बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहित जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छ । होइन भने राज्यले विवाहित र अविवाहितलाई विभेद गरी कर उठाउन पाइँदैन । विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग जोडदार माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
-
ट्रम्पको पश्चिम एसिया भ्रमण सम्पन्न
-
लुम्बिनी प्रदेशमा राजश्व सङ्कलन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सुरू
-
तीनकुनेको प्रदर्शनस्थलमा खटिएका अधिकृतहरूसहित ३५ प्रहरी कर्मचारीसँग सोधपुछ
-
सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै छैन : महेश बर्तौला
-
स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ