उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
बिहीबार, ०१ जेठ २०८२, १६ : १२

काठमाडौँ । एउटा विमानमा एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका भारतीय यात्रीले जेल सजाय पाएका छन् ।
अस्ट्रेलियाको पर्थबाट सिंगापुरतर्फ जाने क्रममा सिंगापुर एयरलाइन्सको विमानमा रजत नाम गरेका २० वर्षीय यात्रीले एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका थिए ।
२८ फेब्रुअरीका दिन उक्त घटना भएको बताइएको छ । ती यात्रीले आफूलाई पछाडिबाट समातेर शौचालयतर्फ धकेलेको एयर होस्टेसको आरोपपछि मुद्दा चलेको थियो ।
ती एयर होस्टेसलाई अर्का एक यात्रीले रजतको चङ्गुलबाट बचाइएको थियो ।
उक्त विमान अवतरण हुनासाथ आरोपित यात्रीलाई नियन्त्रणमा लिइएको थियो । आरोपित यात्रीले आफ्नो कसुर स्वीकार गरेको र उनलाई न्यायिक सुनुवाइपछि तीन साताको जेल सजाय तोकिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : न्यायाधीशमाथि आक्रमणदेखि एमालेमा तरंगसम्म
-
तीनकुने घटनामा अदालतले आदेश सुनाउँदै, इजलास बाहिर प्रतिवादी
-
१० बजेसम्म आएन आदेश, आदेशको प्रतीक्षामा बस्नेहरु तस्बिरमा हेर्नुहोस्
-
अनेरास्ववियु महाधिवेशनमा १४५० मत खस्यो, परिणाम केहीबेरमा
-
दुर्गा प्रसाईंको मुद्दामा आदेश आउँदै
-
विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे