उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
बिहीबार, ०१ जेठ २०८२, १६ : १२
काठमाडौँ । एउटा विमानमा एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका भारतीय यात्रीले जेल सजाय पाएका छन् ।
अस्ट्रेलियाको पर्थबाट सिंगापुरतर्फ जाने क्रममा सिंगापुर एयरलाइन्सको विमानमा रजत नाम गरेका २० वर्षीय यात्रीले एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका थिए ।
२८ फेब्रुअरीका दिन उक्त घटना भएको बताइएको छ । ती यात्रीले आफूलाई पछाडिबाट समातेर शौचालयतर्फ धकेलेको एयर होस्टेसको आरोपपछि मुद्दा चलेको थियो ।
ती एयर होस्टेसलाई अर्का एक यात्रीले रजतको चङ्गुलबाट बचाइएको थियो ।
उक्त विमान अवतरण हुनासाथ आरोपित यात्रीलाई नियन्त्रणमा लिइएको थियो । आरोपित यात्रीले आफ्नो कसुर स्वीकार गरेको र उनलाई न्यायिक सुनुवाइपछि तीन साताको जेल सजाय तोकिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण