विराट कोहलीले गरे राहुल वैद्यलाई अनब्लक
नयाँ दिल्ली । भारतका दिग्गज क्रिकेटर विराट कोहलीले इन्स्टाग्राममा गायक राहुल वैद्यलाई अनब्लक गरेका छन् । यसपछि वैद्यले कोहली र उनका फ्यानहरूका नाममा अर्को पोस्ट गरेका छन् । पोस्टमा, वैद्यले कोहलीप्रति कृतज्ञता व्यक्त गरेका छन् । पोस्टको क्याप्सनमा, विराट कोहलीको लागि धेरै माया लेखिएको छ ।
हालै कोहलीले वैद्यलाई इन्ष्टाग्राममा ब्लक गरेका थिए । यसपछि वैद्यले सामाजिक सञ्जालमा कोहलीको सो कदमको आलोचना गरेका थिए ।
सामाजिक सञ्जालमा कोहली र उनका फ्यानहरू विरुद्ध अपमानजनक शब्दहरू प्रयोग गरेपछि वैद्यमाथि अनुसन्धान भएको थियो । उनले कोहली र उनका फ्यानहरूलाई जोकरसम्म भनेका थिए ।
कोहलीले अनब्लक गरेपछि दुई बिचको तनाव साम्य भएको अड्कल काटिएको छ । उता, वैद्यले आफ्नो भनाइबाट यू–टर्न लिएका छन् । उनले वैद्यले अब कोहलीलाई क्रिकेटले देखेका उत्कृष्ट ब्याट्सम्यानहरू मध्ये एक भनेका छन् । उनले कोहलीलाई भारतको गौरव पनि भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण