आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

विराट कोहलीले गरे राहुल वैद्यलाई अनब्लक

आइतबार, ०४ जेठ २०८२, १२ : १७
आइतबार, ०४ जेठ २०८२

नयाँ दिल्ली । भारतका दिग्गज क्रिकेटर विराट कोहलीले इन्स्टाग्राममा गायक राहुल वैद्यलाई अनब्लक गरेका छन् । यसपछि वैद्यले कोहली र उनका फ्यानहरूका नाममा अर्को पोस्ट गरेका छन् । पोस्टमा, वैद्यले कोहलीप्रति कृतज्ञता व्यक्त गरेका छन् । पोस्टको क्याप्सनमा, विराट कोहलीको लागि धेरै माया लेखिएको छ । 

हालै कोहलीले वैद्यलाई इन्ष्टाग्राममा ब्लक गरेका थिए । यसपछि वैद्यले सामाजिक सञ्जालमा कोहलीको सो कदमको आलोचना गरेका थिए । 

सामाजिक सञ्जालमा कोहली र उनका फ्यानहरू विरुद्ध अपमानजनक शब्दहरू प्रयोग गरेपछि वैद्यमाथि अनुसन्धान भएको थियो । उनले कोहली र उनका फ्यानहरूलाई जोकरसम्म भनेका थिए । 

कोहलीले अनब्लक गरेपछि दुई बिचको तनाव साम्य भएको अड्कल काटिएको छ  । उता, वैद्यले आफ्नो भनाइबाट यू–टर्न लिएका छन् । उनले वैद्यले अब कोहलीलाई क्रिकेटले देखेका उत्कृष्ट ब्याट्सम्यानहरू मध्ये एक भनेका छन् । उनले कोहलीलाई भारतको गौरव पनि भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप