आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

गुजरातविरुद्धको खेलमा विराटको कीर्तिमान तोड्न सक्छन् केएल राहुलले

आइतबार, ०४ जेठ २०८२, १३ : २४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।
  • दिल्लीका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले गुजरातविरुद्ध ३३ रन बनाउनासाथ विराट कोहलीको कीर्तिमान तोड्ने सम्भावना छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । जारी प्रतियोगितामा दिल्ली क्यापिटल्स पनि प्ले–अफ चरणमा पुग्न संघर्षरत छ । 

यो खेलमा दिल्लीका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान तोडने सम्भावना छ । गुजरातविरुद्धको खेलमा ३३ रन बनाए भने केएल राहुलले विराटको कीर्तिमान तोड्नेछन् । 

थप ३३ रन बनाएलगत्तै केएल राहुल टी–२० क्रिकेटमा सबैभन्दा छिटो आठ हजार रन पूरा गर्ने भारतीय ब्याट्सम्यान बन्नेछन् । हाल विराट कोहली सबैभन्दा कम खेलमा आठ हजार रन पूरा गर्ने भारतीय ब्याट्सम्यान हुन् । 

विराटले दुई सय ५७ टी–२० खेलमा आठ हजार रन पूरा गरेका थिए । उनी सबैभन्दा छिटो आठ हजार टी–२० रन पूरा गर्ने विश्वका तेस्रो ब्याट्सम्यान हुन् । केएल राहुलले भने दुई सय ३६ खेलमा कुल सात हजार नौ सय ६७ रन बनाएका छन् । 

त्यसैले गुजरातविरुद्धको खेलमा ३३ रन बनाए भने केएल राहुलले विराटको यो कीर्तिमान आफ्नो नाममा पार्नेछन् । केएल राहुल जारी आईपीएलमा लयमा देखिएका छन् । उनी दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । 

उनले जारी आईपीएलमा हालसम्म १० खेलमा कुल तीन सय ८१ रन बनाएका छन् । यस क्रममा उनले तीनवटा अर्धशतक बनाएका छन् । जारी आईपीएलमा उनले बनाएको उच्च स्कोर अविजित ९३ रन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप