प्रचण्डलाई किसानले दिए काँक्रो उपहार
आइतबार, ०४ जेठ २०८२, १३ : ०७

समाचार सारांश
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दैलेखमा एक किसानले काँक्रो उपहार दिए।
- चामुण्डा बिन्द्रासैनी नगरपालिकाका किसान नगेन्द्र खड्काले मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियानमा प्रचण्डलाई भेटे।
- किसान खड्काले पूर्वप्रधानमन्त्रीलाई आफ्नो मिहिनेतले उब्जाएको काँक्रो उपहार दिएर खुसी व्यक्त गरे।
दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले काँक्रो उपहार दिएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका व्यक्ति हुन् ।
उनले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी व्यक्त गरे ।
माओवादी केन्द्र निकट किसान संगठमा काम गर्ने उनी डोकोमा काँक्रो लिएर स्वागतमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु महाधिवेशनमा १४५० मत खस्यो, परिणाम केहीबेरमा
-
दुर्गा प्रसाईँको मुद्दामा आदेश आउँदै
-
विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे
-
‘न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, सहन सकिँदैन’
-
३ सय विकेट लिने आठौँ अस्ट्रेलियन बने कमिन्स
-
ओलीप्रति व्यङ्ग्य गरेपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो