प्रचण्डलाई किसानले दिए काँक्रो उपहार
आइतबार, ०४ जेठ २०८२, १३ : ०७
सारांश
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दैलेखमा एक किसानले काँक्रो उपहार दिए।
- चामुण्डा बिन्द्रासैनी नगरपालिकाका किसान नगेन्द्र खड्काले मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियानमा प्रचण्डलाई भेटे।
- किसान खड्काले पूर्वप्रधानमन्त्रीलाई आफ्नो मिहिनेतले उब्जाएको काँक्रो उपहार दिएर खुसी व्यक्त गरे।
दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले काँक्रो उपहार दिएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका व्यक्ति हुन् ।
उनले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी व्यक्त गरे ।
माओवादी केन्द्र निकट किसान संगठमा काम गर्ने उनी डोकोमा काँक्रो लिएर स्वागतमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण