विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरू रुष्ट

समाचार सारांश
- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन्, सरकारसँगको सहमतिविपरीतका विषय समावेश भएको उनीहरूको आरोप छ।
- नेपाल शिक्षक महासंघका अध्यक्षले प्रतिवेदनलाई शिक्षक र कर्मचारी विरोधी भएको बताए, अस्थायी शिक्षक र बढुवाको प्रक्रियामा पनि असन्तुष्टि व्यक्त गरे।
- विभिन्न शिक्षक संगठनहरूले प्रतिवेदनलाई अमान्य र शिक्षक कर्मचारी विरोधी भएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्, विगतका सहमतिहरूलाई बेवास्ता गरिएको आरोप लगाए।
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतकाे उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएसँगै असन्तुष्टि चुलिएको छ। शिक्षकहरूले विधेयकमा समावेश गरिएका विषयले नेपाल शिक्षक महासंघसँग सरकारले गरेको सहमति विपरीत भएको बताएका छन्।
सरकारसँग भएको सहमतिको विरुद्धमा विधेयक आएको भन्दै शिक्षकहरूले अर्को आन्दोलन गर्नुपर्ने बेला आएको बताएका हुन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले शिक्षा उपसमितिको प्रतिवेदन अनुदान र शिक्षक-कर्मचारी विरोधी भएको बताए । प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको उनको भनाइ छ।
यसले अस्थायी प्रकृतिका राहत, साबिक उमावि, अस्थायी/करार, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा लगायतका शिक्षकलाई सहमति बमोजिम न्याय नगरेको बताए ।
त्यस्तै आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने उनेका भनाइ छ। सरुवा प्रक्रिया झन् शिक्षक मारा भएको बताए ।
अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन नभएको, विभागीय कारबाही जस्ताको त्यस्तै रहेको, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या समेत सम्बोधन हुन नसकेको बताए ।
विधेयकको प्रतिवेदनमा समावेश गरिएका विषयहरूले सबैलाई अन्याय गरेको उनेका भनाइ छ। २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्त्याइएको उनेका भनाइ छ ।
हालै गरिएको २९ दिने सडक आन्दोलन र शैक्षिक हडताल समेत बिर्सिएको उनेका भनाइ छ। अब झन् दह्रो लडाइँ लड्नुको विकल्प नरहेको उनेका भनाइ छ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसलाई अमान्य भनेको छ। अध्यक्ष नवीन सिंह धामीले प्रतिवेदनमा आफूहरूको गम्भीर असहमति रहेको बताए । यसले ऐतिहासिक शिक्षक कर्मचारीको आन्दोलनलाई अवमूल्यन गर्ने काम गरेको उनेका भनाइ छ । अब उत्पन्न हुने जुनसुकै परिस्थितिको सामना गर्न सम्बन्धित निकाय तयार हुनुपर्ने बताए । उनले प्रतिवेदनमा भएका विषयहरू राहत शिक्षक विरोधी भएको बताउँदै उसले गम्भीर खतरा ल्याउने बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले उपसमितिको प्रतिवेदन शिक्षक कर्मचारीविरुद्ध र सार्वजनिक शिक्षा विरुद्धमा भएको बताए । शिक्षक कर्मचारीलाई तह लगाउनुपर्छ भन्ने प्रतिशोध पूर्ण सोचबाट ग्रसित रहेको उनेका भनाइ छ । फेरि आन्दोलन गर्नुपर्ने बेला आएको बताए ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले नेतृत्वलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली मुलुकमा फेरि फैलिँदै कोभिड–१९
-
अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण योगदान : मन्त्री भण्डारी
-
सातौँ दिन बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान आकस्मिक अवतरण
-
विद्यालय शिक्षा विधेयकमा शिक्षकमाथि धोका ! सहमति एकातिर, विधेयक अर्कातिर
-
अपडेट : डीएसपी सवार गाडीले सांसद सवार गाडीलाई ठक्कर दिएको पुष्टि