बागमती प्रदेशसभा बैठक स्थगित
सारांश
- बागमती प्रदेश सभाले कार्यसूचीबाट विषय हटाएर बैठक स्थगित गर्यो। सभामुख भुवनकुमार पाठकले बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
- सत्तापक्ष र प्रतिपक्षबीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो। मुख्यमन्त्री बहादुरसिंह लामाले पटकपटक प्रयास गरेपनि सहमति जुट्न सकेन।
- प्रतिपक्ष दलले सरकारसँग विगतका सहमति कार्यान्वयन र हिउँदे अधिवेशनबारे स्पष्ट धारणा माग गरेका छन्, जसका कारण बैठक अघि बढ्न सकेन।
हेटौँडा । बागमती प्रदेशसभाको सबै विषयहरु कार्य सूचीबाट हटाइएको छ । साेमबार प्रदेशसभामा पेस गर्नका लागि तयार गरेका विषयहरू कार्यसूचीबाट हटाएर बैठक स्थगित गरिएको हाे ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा रुलिङ गर्दै कार्य सूचीमा समावेश गरिएका विषयहरू हटाइएको जानकारी दिए । उनले प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने कार्यसूची रहेको थियो भने संसदीय समितिबाट पारित भई तयार भएका ४ विधेयकका प्रतिवेदन पेस हुने कार्यसूची रहेको थियो ।
सत्तापक्ष र प्रतिपक्ष दल बिचको सहमतिका विषयहरू टुङ्गिन नसक्दा बैठक स्थगित गरिएको हो । प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन सञ्चालनका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।
आइतबार र बुधवार मात्र मुख्यमन्त्री लामाले पटक पटक सर्वदलीय बैठक आह्वान गरी बैठक सञ्चालनको वातावरण तयार पार्ने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेको छैन ।
सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलबिच विगतका सहमति कार्यान्वयन र संसद्को हिउँदे अधिवेशनका विषयमा कुरा मिल्न सकेको छैन । चालू आर्थिक वर्षको बजेट कार्यक्रममा प्रतिपक्ष दलसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको र संसद् आह्वान गरेर बैठक सञ्चालन नगरी अधिवेशन अन्त्य गरेको भन्दै प्रतिपक्ष दल असन्तुष्ट बन्दै आएको छ ।
सो विषयमा प्रतिपक्ष दलहरूले सरकारको स्पष्ट धारणा माग गरेका छन् । सरकारको जवाफ सन्तोषजनक नभएसम्म बैठक चल्न नदिने प्रतिपक्ष दलको अडान छ ।
बागमती प्रदेशमा एमालेसँगको साझेदारीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री रहेका छन् भने प्रतिपक्ष दलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेमकीपा, हाम्रो नेपाली पार्टी रहेका छन् । प्रतिपक्ष दलको मागको सन्दर्भमा नेमकिपा र हाम्रो नेपाली पार्टी सहभागी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण