सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

काठमाडौँबाट अफिमसहित दुई जना पक्राउ

सोमबार, ०५ जेठ २०८२, १० : ५४
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • काठमाडौंको पकनाजोलबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा रोल्पाका रुद्रबहादुर थापा र राकेश परियार रहेका छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित पकनाजोलबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार छन् । 

आरोपीहरुको साथबाट आइतबार १ हजार ६० ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । आरोपीविरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप