बलमिचाइँका साथ प्रकृति दोहन गर्दै प्लटिङ, तस्बिरमा हेर्नुहोस्
सारांश
- भक्तपुरको सूर्यविनायक नगरपालिकामा जग्गा प्लटिङका नाममा वन क्षेत्र, सार्वजनिक जग्गा र खानेपानी मुहान मासिँदै छ।
- निकट भविष्य हाउजिङ प्रालिले डोजर प्रयोग गरी डाँडामा प्लटिङ गरिरहेको छ, स्थानीय सरकार र सरोकारवाला निकायको बेवास्ता छ।
- स्थानीयको गुनासोपछि स्थलगत अनुगमन भए पनि हाउजिङ कम्पनीले काम रोकेको छैन, सार्वजनिक जग्गा र वन क्षेत्र मिचिएको छ।
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारी, रातोमाटेस्थित घिसिङ डाँडामा प्रकृति, कुलो, सार्वजनिक बाटो, सानो लामा बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासिने गरी जग्गा प्लटिङको काम भइरहेको छ ।
प्लटिङकै कारण डाँडाको हरिया सामुदायिक वन र वन क्षेत्रको खानेपानीको मुहानसमेत सुक्दा स्थानीय चिन्तित देखिएका छन् ।
_cJuhcJIkhW.jpg)
महिना दिनदेखि दुई दर्जनभन्दा बढी डोजर परिचालन गरी सो क्षेत्रको प्रकृति दोहन हुँदै आएको छ । यसका बाबजुद स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय निरीह देखिएका छन् ।
घिसिङ डाँडाको करिब ५ सय ३५ रोपनी भिर डोजरले कटान गरी उजाड बनाएको छ । निक भुजिकिक हाउजिङ प्रालिले जग्गा खण्डिकरण गरी आवास निर्माणका लागि भन्दै सो क्षेत्रमा डोजर चलाएको हो ।
_IMhi9lxfR5.jpg)
स्थानीयको गुनासोसँगै २ हप्ता अगाडि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक, नापी कार्यालय, उपत्यका विकास प्राधिकरण भक्तपुर शाखा, डिभिजन वन कार्यालय, सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख, वडा अध्यक्ष सहितले सो क्षेत्रको स्थलगत अनुगमन गरी तत्काल काम रोक्न निर्देशन दिएका थिए । यद्यपि सो हाउजिङ कम्पनीले उक्त निर्देशन पालना गरेको देखिँदैन ।
_WVp9ZnILtN.jpg)
स्थानीयले साविक नंखेल गाविस वडा नं–४ ‘क’ र ‘ख’ मा पर्ने उक्त क्षेत्रमा प्लटिङका नाममा जङ्गल क्षेत्र, खानेपानीको मूल, पाटी, कुलो, बाटो, पाइपलाइन, खोलालगायत संरचना मासिएको र जोखिममा रहेका ६ घर भत्काएर बस्ती सारिएको जनाएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं ९ का अध्यक्ष भगवान खत्रीले सो प्लटिङमा १२ रोपनी सार्वजनिक जग्गा र १९ रोपनी वन क्षेत्र मिचिएको बताएका छन् ।
_R3NGMdcaNA.jpg)
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलका अनुसार जग्गा सम्याउने भनेर कम्पनीको तर्फबाट निवेदन आए पनि नगरपालिकाले अनुमति दिइसकेको छैन । साइड क्लियरेन्सको नाममा स्वीकृत नै नलिइ धेरै काम भइसकेको भन्दै उनले आश्चर्य प्रकट गरे । ‘यहाँको बस्ती नै हटेछ, हामी पनि छक्क परेका छौँ । अब थप काम अगाडि बढाउन दिँदैनौँ,’ उनले भने ।
_RkijIcaKCK.jpg)
काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुर शाखाका प्रमुख सफल श्रेष्ठले ५० रोपनीभन्दा माथिको जग्गा प्लानिङका लागि प्राधिकरणको केन्द्रीय कार्यालयसँग अनुमति लिनुपर्ने भएकाले यसबारेमा जिल्ला कार्यालयलाई कुनै जानकारी नभएको बताए । डिभिजन वन कार्यालयका कर्मचारी दिनेश थापा मगरले नापी कार्यालयको टोली बोलाएर वन क्षेत्र छुट्ट्याएर किला ठोके पनि करिब १९ रोपनी वन क्षेत्रफलमा डोजर चलाएको बताउँदै यहाँको सल्लाको रूख कटान भएको बताए ।
_V4tTc5mGmH.jpg)
_AdsOluoW2p.jpg)
_YZ4Yr3yi8u.jpg)
_GIxE8T9rIm.jpg)
_0NIT2qTFYL.jpg)
_igzEzm8PgT.jpg)
_aCAeOxQ9ME.jpg)
_u5Bn5zYpYo.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण