हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर
सोमबार, ०५ जेठ २०८२, ११ : ३०
काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ब्रान्डका इलेक्ट्रिक सवारीसाधनहरूमा विशेष प्रि-बजेट अफर सार्वजनिक गरेको छ। यो अफर जेठ १४ गतेसम्म लागू हुनेछ।
कम्पनीले जानकारी दिएअनुसार अफर हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५, र क्रेटा इभीमा लागू गरिएको छ। अफरको उद्देश्य नेपाली उपभोक्ताबीच विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्नु रहेको बताइएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न प्रकारका आकर्षक लाभ प्राप्त गर्नेछन्। अफरका मुख्य विशेषताहरूमा निःशुल्क बीमा, निःशुल्क सडक कर र विशेष नगद छुट रहेका छन्।
यी सुविधाहरूले हुन्डाईका अत्याधुनिक विद्युतीय मोडेलहरूलाई थप किफायती र सहज बनाउने कम्पनीको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण