सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर

सोमबार, ०५ जेठ २०८२, ११ : ३०
सोमबार, ०५ जेठ २०८२

काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ब्रान्डका इलेक्ट्रिक सवारीसाधनहरूमा विशेष प्रि-बजेट अफर सार्वजनिक गरेको छ। यो अफर जेठ १४ गतेसम्म लागू हुनेछ।

कम्पनीले जानकारी दिएअनुसार अफर हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५, र क्रेटा इभीमा लागू गरिएको छ। अफरको उद्देश्य नेपाली उपभोक्ताबीच विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्नु रहेको बताइएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न प्रकारका आकर्षक लाभ प्राप्त गर्नेछन्। अफरका मुख्य विशेषताहरूमा निःशुल्क बीमा, निःशुल्क सडक कर र विशेष नगद छुट रहेका छन्।

यी सुविधाहरूले हुन्डाईका अत्याधुनिक विद्युतीय मोडेलहरूलाई थप किफायती र सहज बनाउने कम्पनीको विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप