गभर्नर नियुक्ति प्रक्रिया : अझै बोलाइएन सिफारिस समितिको बैठक
सारांश
- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समितिको बैठक अझै तय भएको छैन।
- आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने र सोही बैठकले गभर्नर नियुक्ति गर्ने अपेक्षा गरिएको छ।
- प्रधानमन्त्री र कांग्रेस सभापतिबीच डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बस्नुपर्ने सिफारिस समितिको बैठक अझै तय भएको छैन ।
मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजेका लागि बोलाइएको छ । सोही बैठकले गभर्नर नियुक्ति गर्ने अपेक्षा गरिएको छ । तर, यो समाचार तयार पार्दासम्म गभर्नर छनोट सिफारिस समितिको बैठक नबोलाइएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
आज बैठक बस्छ कि बस्दैन भन्ने समेत निश्चित नभएको सचिवालयको भनाइ छ । समितिको बैठक अर्थमन्त्रीले बोलाउनुपर्छ । बैठक बसेर निर्णय गर्न समय नलागे पनि प्रस्तावित नाममाथि सदस्य सहमत नभएमा यसले समय लिन सक्छ । अहिलेसम्म अर्थमन्त्रीले सम्भावित व्यक्तिको नाम समेत सदस्यहरूलाई उपलब्ध गराएका छैनन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति जुटेर अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्ति गर्ने विषयमा सहमति जुटेको बताइँदै आएको थियो ।
यसअघि गुणाकर भट्टलाई गभर्नर बनाउने गरी नाम सिफारिस भए पनि कांग्रेसभित्र नै सहमति नरहेको भन्दै उनलाई गभर्नर बनाउन नसक्ने भन्दै नियुक्ति गर्न नमानेपछि देउवाले पौडेलको नाम अघि सारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण