विद्यालय शिक्षा विधेयकका विषयमा हतारमा टिकाटिप्पणी नगरौँ : शिक्षामन्त्री
सोमबार, ०५ जेठ २०८२, १६ : २४
काठमडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र कही विषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयकका अपूर्ण बिषयलाई समितिमार्फत पूर्ण गरिने बताए ।
उपसमितिको प्रतिवेदनमाथि यहि ७ गतेदेखि शिक्षा समितिमा छलफल हुने भएकोले हतार गर्न नहुने उहाको भनाइ छ ।
विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको थियो । उपसमितिको प्रतिवेदनमाथि शिक्षक महासंघले असन्तुष्टि जनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण