सुमनाको प्रश्न : मिटर ब्याज पीडितले न्याय कहिले पाउँछन् ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितको न्यायबारे सरकारलाई प्रश्न गरिन्।
- सांसद श्रेष्ठले गौरीबहादुर कार्कीको सुझाव र तेजबहादुर कार्की आयोगको कार्यविधिले ८० प्रतिशत समस्या समाधान गर्ने बताइन्।
- उनले पीडितलाई थप पीडा दिने र आयोगमाथि आयोग थप्ने राज्यको नीति कस्तो हो भनी प्रश्न गरिन् र साहुमाहाजन जोगाउन राजनीति नगर्न आग्रह गरिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितले कहिले न्याय पाउँछन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद श्रेष्ठले उनले गौरीबहादुर कार्कीले दिएका सुझाव तथा तेजबहादुर कार्की नेतृत्वको आयोगले बनाएको कार्यविधि स्वीकृत गर्ने हो भने ८० प्रतिशत मिटर ब्याज पीडितका समस्या समाधान हुने बताइन् ।
‘तर त्यसका लागि मानिस थुन्नुपर्यो,आफ्नो अर्को भन्नुभएन । तर अहिले पीडितलाई थप पीडित बनाइरहेको अवस्था छ’, उनले प्रश्न गर्दै भनिन, ‘उनीहरूलाई कति आन्दोलन गराइरहने, आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नीति कस्तो हो ?’
उनले हिजो भएको छलफलमा आयोगका पदाधिकारीहरूले पीडितले भनेजस्तो काम गर्न नसक्ने भनिएको भन्दै उनले पार्टीका साहुमाहजन जोगाउन पीडितमाथि राजनीति गर्न नहुने पनि बताइन् ।
‘यसअघिको आयोगलाई असहयोग गरियो,असफल बनाइयो,अहिले काम चलाऊ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको छ । पीडितले भेट्न जाँदा सिंहदरबारमा नो इन्ट्री भनियो’, श्रेष्ठको भनाइ छ । उनले मिटर व्याज पीडितलाई न्याय दिनै पर्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण