जनसङ्ख्या बढाउन कर्मचारीलाई एक हप्ताको बिदा दिँदै छ रुस
सारांश
- रुस सरकारले घट्दो जन्मदरलाई ध्यानमा राख्दै एक हप्ता बिदाको योजना ल्याएको छ। यस विषयमा संसदमा छलफल भएको छ।
- क्रेमलिन समर्थक सांसद जर्जी अरापोभले दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहित गर्न एक हप्ता बिदा दिने प्रस्ताव गरेका छन्।
- रुसको जनसङ्ख्या बढाउन यसअघि पनि अनेकौँ प्रस्ताव आएका थिए, जसमा इन्टरनेट बन्द गर्ने र गर्भवती महिलालाई भत्ता दिने लगायतका योजनाहरू थिए।
मस्को । संसारमा हरेक देशका आफ्नै समस्या छन् । केहीसँग खानेकुरा छैन, केहीले विदेशी विनिमय सञ्चितिको अभाव भोगिरहेका छन् । कुनै देश द्वन्द्वमा फसेका छन् भने जनसङ्ख्या नबढ्दा कयौँ देश समस्यामा छन् ।
रुस सरकारले जनसङ्ख्या बढाउनलाई एक हप्ता बिदाको योजना ल्याएको छ । यसबारे संसदमा औपचारिक रूपमा छलफल भइसकेको बताइएको छ ।
हप्ताभरिको बिदा लिऊ, बच्चा जन्माऊ
रुसमा जन्मदर घट्दो अवस्थामा छ । यसलाई बढाउन क्रेमलिनले एउटा अनौठो कदम चालेको छ । क्रेमलिन समर्थक सांसद जर्जी अरापोभले दम्पतीहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न कामदारहरूलाई वर्षमा एक हप्ताको बिदा दिनुपर्ने प्रस्ताव गरेका छन् ।
२५ वर्षीय अरापोभ देशका सबैभन्दा कान्छा सांसद हुन् । यस्तो बिदाले मानिसहरूलाई आराम गर्न र परिवार सुरु गर्न वा सम्बन्ध निर्माण गर्न अनुमति दिने उनको प्रस्ताव छ ।
गत महिनाको तथ्याङ्क अनुसार, रुसको जन्मदर पछिल्लो २०० वर्षमा सबैभन्दा कम स्तरमा पुगेको छ । यसलाई बढाउन सरकारले धेरै कदम चालेको छ । गर्भपतन गर्न रुसमा बन्देज लगाइएको थियो, तर त्यो सफल भएन ।
श्रममन्त्री एन्टोन कोट्याकोभले अरापोभको प्रस्तावित एक हप्ता लामो बिदाको व्यावहारिकताको अनुसन्धान गर्न आग्रह गरेका छन् । यसैबिच, ४५ वर्षको उमेरसम्म बच्चा नजन्माउने पुरुषहरूमाथि सामाजिक दबाब महसुस गर्न प्रतीकात्मक कर लगाउनुपर्ने सुझाव पुटिन समर्थक पादरी आन्द्रेई तकाचेभले दिएका छन् ।
जनसङ्ख्या बढाउन रुसमा यस अघि पनि अनेकौँ प्रस्तावहरू आएका थिए । मानिसहरूले एकअर्कासँग गुणस्तरीय समय बिताउन सकुन् भनेर राति १० बजेदेखि बिहान २ बजेसम्म इन्टरनेट र बिजुली बन्द गर्ने प्रस्ताव गरिएको थियो । पहिलो डेटमा जान लागेकालाई राज्यले ४० पाउन्ड दिने, गर्भवती महिलालाई १ लाख रुबल भत्ता दिनेलगायत प्रस्ताव पनि सुन्नमा आएका थिए ।
रुसी प्रधानमन्त्री राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको जनसङ्ख्या बढाउनु राष्ट्रिय प्राथमिकता भएको बताएका छन्। उनले जोड दिए कि रुसको भविष्य हामी कति छौँ भन्ने कुरामा निर्भर गर्दछ। देशकी एक प्रख्यात राजनीतिज्ञ अन्ना कुज्नेत्सोभाले महिलाहरूले १९-२० वर्षको उमेरमा बच्चा जन्माउन सुरु गर्नुपर्ने सुझाव दिइन्। यहाँ गर्भावस्थाको लागि कुनै न्यूनतम उमेर तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण