फागुनमा महाधिवेशन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आगामी फागुनमा महाधिवेशन गर्ने भएको छ ।
प्रतिष्ठानको हालसालै बसेको केन्द्रीय समितिको बैठकले फागुनमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगरले बताइन् । उनले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने तय भएको जानकारी दिइन् ।
बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय समेत गरेको छ ।
अध्यक्ष थापा मगरका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुङ्गो लगाउने निर्णय समेत भएको छ । त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल वितरण र आजिवन सदस्य व्यवस्थित गर्ने निर्णय पनि भएको छ ।
महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ । प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् ।
प्रतिष्ठानले जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति एकै दिन अधिवेशन सक्ने पनि तयारी गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण