पक्राउ
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ
मङ्गलबार, ०६ जेठ २०८२, १५ : ५५

समाचार सारांश
- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध मुद्दामा पक्राउ परेका छन्।
- अध्यक्ष चौधरीलाई बलात्कार पीडित युवती र परिवारको पहिचान सार्वजनिक गरेको आरोप लागेको छ।
- जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । मंगलबार प्रहरीले उनलाई विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो ।
बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि जिल्ला अदालत रुपन्देहीले अध्यक्ष चौधरीलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो ।
उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा वियजी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो
-
धनगढीमा अत्यधिक विषादीयुक्त २ हजार बढी किलोग्राम आँप नष्ट
-
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा